काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू अहिले एउटै पार्टीमा नरहेपनि मुद्दाको मोर्चामा एउटै ठाउँमा रहेको बताएका छन् ।
डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको शनिबार काठमाडौँमा भएको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आफू र बाबुराम भट्टराईबीचको सहकार्य र सम्बन्धको चर्चा गर्दै गुमनाम आमाहरुको कथाका पात्र, विश्लेषण र कथाले आफूलाई गम्भीर संश्लेषण गर्नुपर्नेतिर डोर्याएको महशुस भएको बताए ।
‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ । हजारौं सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्’, प्रचण्डको भनाइ छ ।
संविधान संशोधन गर्न आफूले दुई पटक प्रस्ताव दर्ता गराएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत जारी गरेको संविधानको मुल मर्ममाथि अहिले प्रधानमन्त्री केपी ओलीले प्रहार गरेको बताए ।
प्रचण्डले लामो समयको संघर्षबाट प्राप्त उपलव्धि खोस्ने प्रयास भएको भन्दै ऐतिहासिक जिम्मेवारी थपिएको बताए । उनले संविधान पुर्ण भएको भन्न नसक्ने भन्दै संविधानमा समावेसी,समानुपातिक, लोकतन्त्रको प्रत्याभुति गर्नु राम्रा पक्ष पनि रहेको बताए । ‘शिक्षा, स्वास्थ्य जस्ता कुराहरु मौलिक हकका रुपमा राखिएको छ’, प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ फागुन २०७७, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको प्रचण्डद्वारा खण्डन
सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड
नेपालमा माओवादीले थालेको सुशासनको रेडर्क कसैले मेटाउन सक्ने छैनः प्रचण्ड
दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियो : प्रचण्ड
यो सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्छ : प्रचण्ड
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित : प्रचण्ड