गम्छा र औंठीको चिनारीले फेला परे हत्यारा

पत्रपत्रिकाबाट

शनिबार, ०१ फागुन २०७७, ०८ : ०२
गम्छा र औंठीको चिनारीले फेला परे हत्यारा

हेटौंडा । लालबाबुप्रसाद कुशवाहा । उमेर–४२ वर्ष । ठेगाना–जिल्ला बारा, महागढीमाई नगरपालिका वडा–१ को बरियारपुर कचहरी टोल । नाम–धनेश्वरीदेवी कुशवाहा । उमेर–४८ वर्ष । ठेगाना–जिल्ला बारा, महागढीमाई नगरपालिका वडा–१ को बरियारपुर, मठवाटोल ।

माघ २५ गते राति जिल्ला बारा, महागढीमाई नगरपालिका वडा–१ मा वैद्यनाथप्रसाद कुशवाहाकी पत्नी कान्तिदेवी कुशवाहाको आफ्नै घरको प्यासेजभित्र मृत अबस्थामा शव फेला परेको सूचना राति करिब सवा १० बजे प्रहरीमा पुग्यो ।

घटनापश्चात् प्रारम्भिक अनुसन्धानका क्रममा जिल्ला प्रहरी बारा प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाहीको कमाण्डमा प्रनाउ तथा अनुसन्धान अधिकृतसमेत टोली घटनास्थल खटियो । घटनास्थल अवलोकन गर्दा कान्तिदेवीको हत्या गरेको देखिएको थियो ।

हत्या गर्दा काठको चिर्पट, ढुंगा, चुच्चो भएको बस्तुसमेत प्रयोग गरी मृतकको टाउको तथा गालामा गहिरो घाउचोटका कारण अधिक रक्तस्राव देखिएकाले घटनास्थल सुरक्षित राखिएको थियो । माघ २६ गते धनुषा, लालगढबाट कुकुरसहित विशेषज्ञ प्रहरी टोली झिकाएर घटनास्थल सूक्ष्म अवलोकन गरिँदा घटनास्थलमा अभियुक्तको रातो गम्छा र औंठी भेटिएको थियो ।

घटना अनुसन्धानका लागि प्रनाउ गौतम मिश्रको कमाण्डमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । वारदात सम्बन्धमा ३२ जनासँग बुझ्ने कार्य भएको थियो । गाउँका प्रत्येक घरमा गएर गम्छा र औंठीका सम्बन्धमा प्रत्येकसँग बुझ्ने कार्य भएको र प्रविधि प्रयोग गरी अनुसन्धान गरिएको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस