नेपाली चलचित्र ‘सेल्फी किङ’ सिएएस अवार्डको मनोनयनमा

पत्रपत्रिकाबाट

शनिबार, ०१ फागुन २०७७, ०७ : ४८
नेपाली चलचित्र  ‘सेल्फी किङ’ सिएएस अवार्डको मनोनयनमा

काठमाडौँ ।  नेपाली फिल्म 'सेल्फी किङ' ५७ औं सिएएसु अवार्डको मनोनयनमा परेको छ । विश्वप्रख्यात संस्था सिनेमा अडियो सोसाइटीले आयोजना गर्ने अवार्डको ुबेस्ट साउन्ड मिक्सिङु विधाको मनोनयनमा यो फिल्म परेको हो ।

यो विधामा फिल्म ‘मडल्याण्ड’, ‘साउन्ड अफ मेट’, टेनेट, मुलान लगायतका फिल्म मनोनयनमा परेका छन् । विश्वका ठूला फिल्महरुसँग आफूले साउन्ड मिक्सिङ गरेको फिल्म प्रतिस्पर्धामा उत्रिँदा खुसी लागेको उत्तम न्यौपानले बताए । 'ओस्कार दाबेदार फिल्महरुसँग सेल्फी किङ प्रतिस्पर्धामा छ । एकदम खुसी छु' उत्तमले भने ।

विशाल सापकोटा निर्देशित सेल्फी किङमा उत्तमको साउन्ड डिजाइन छ । उनी यो वर्ष मात्रै सिएएसको सक्रिय सदस्यमा छनोट भएका थिए । अवार्ड कार्यक्रम २०२१ को अप्रिल १७ मा क्यालिफोर्नियाको लस एन्जलसमा हुनेछ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस