राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १० : १७
राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल  हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने छन् । यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र विराटनगर महानगरपालिका आमनेसामने हुँदैछन् ।

वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । दुबै टिम जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चौदण्डी भने अंक विहीन रहदै पुछारमा रहेको छ ।

आर्मी र विराटनगरबीचको खेल अपराह्न ३ बजे हुनेछ । आर्मी विराटनगरलाई हराउँदै उपाधि होड कायमै राख्न चाहन्छ । आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।