महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिललाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा रहेको खबर आजको नागरिक दैनिकले छापेको छ ।
भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
अध्यागमन विभागले २०६५ को कार्यविधि संशोधन गर्न गृह मन्त्रालयमा मस्यौदा पेस गरिसकेको छ ।
मस्यौदामा भिजिट भिसामा विदेश जाने महिलालृे स्थानीय तहको सिफारिस, परिवारको सहमतिलगायत १५ लाख बराबरको बीमा तथा क बर्गको बैंकबाट कम्तीमा १ हजार डलर सटही गरेको प्रमाण देखाउनुपर्ने उल्लेख छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ माघ २०७७, ०६ : ४६
लेखकबाट थप