सिरिया आक्रमणको छानविनका लागि छुट्टै संयन्त्र बनाउन माग

बुधबार, ०७ चैत्र २०७४, १७ : ५६
सिरिया आक्रमणको छानविनका लागि छुट्टै संयन्त्र बनाउन माग

संयुक्त राष्ट्रसङ्घ, न्युयोर्क । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले सिरियामा भएको घातक रासायनिक हतियारसहितको आक्रमणको छानविन गर्न छुट्टै संयन्त्रको माग गरेका छन् ।

सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै मंगलबार उनीहरुले सरोकारवालालाई जिम्मेबार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताएका हुन् । परिषद्का सदस्य राष्ट्रहरुले सिरियामा अन्तरराष्ट्रिय कानुनको उल्लंघन गर्दै भइरहेका गतिविधि बन्द गर्न मंगलबार छुट्टै संयन्त्रका बारेमा छलफल गरेका छन् ।

रासायनिक आक्रमण गम्भीर प्रकारको हिंसा भएकाले यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने ती राष्ट्रहरुको जोड थियो । मार्च महिनामा परिषद्को अध्यक्षता गर्नुभएका राष्ट्रसंघका लागि डेनमार्कका राजदूत कारेलभान ओस्टेरोमले व्यक्तिगत, संस्थागत, समूहगत वा सरकारी तवरबाट यस्ता आक्रमणमा संलग्नमाथि खोजी र कारबाही गर्नुपर्ने बताउनुभयो ।   (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस