काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो ।
काठमाडौँमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ । कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन् । फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई बिरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् ।
पत्रकारहरुल फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समुहका व्यक्तिहरुलाई पनि छिटोभन्दा छिटो कोभिड १९ विरुद्धको खोप दिन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, १४ : ३०
लेखकबाट थप