काठमाडौं । काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ ।
पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत आज हिमपात भएको हो ।
तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातभर पनि ठाउँठाउँमा हिमपात र वर्षा हुनेछ । आइतबारबाट भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
अहिले वाग्मती र प्रदेश नं १ मा सामान्य बदली छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली छ । वाग्मती र गण्डकीको केही क्षेत्रमा वर्षा पनि भइरहेको शाक्यले जानकारी दिनुभयो ।
अहिले सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुका आसपास क्षेत्रमा पानी परिरहेको छ । त्यहाँका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । मुख्यगरी हिमाली क्षेत्रसँगै प्रदश १, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा हिमपात राती पनि जारी हुन्छ ।
अहिले मुलुकको पश्चिम क्षेत्रमा खुलेको र वाग्मती प्रदेशमा रातीबाटै खुल्दै जाने र विहान मौसम सफा हुने जनाइएको छ । आइतबार सीमित पहाडी भू–भागमा आंशिक मात्रै बदली रहने अनुमान गरिएको छ ।
आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात तथा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ माघ २०७७, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु
२४ घण्टामा कहाँ कति वर्षा मापन ?