माटोको ढिस्कोले पुरिएर तीन जना महिलाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, १३ : ५२
माटोको ढिस्कोले पुरिएर तीन जना महिलाको मृत्यु

file photo

टीकापुर । कैलालीमा घर लिपपोतका लागि माटो लिन गएका तीनजना महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । सुदूरपूर्वी जानकी गाउँ पालिका वडा नं. ९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको हो ।

घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि.क.को घटनास्थलमै मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मधुसुदन न्यौपानेका अनुसार घटनामा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल वि.क. र अञ्जु जैगढी रहेका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।  

प्रतिक्रिया दिनुहोस