काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–४ की ३६ वर्षीय कुमारी घर्तीलाई गर्भवती अवस्थामा जटिल समस्या उत्पन्न भएपछि आज हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।
प्रसूति व्यथाले च्यापेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएकी घर्तीलाई त्यहाँ उपचार सम्भव नभएपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक मिलन मल्लका अनुसार आठ महिनाकी गर्भवती घर्तीको पाठेघर बाहिर निस्किएको थियो । घर्तीको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ ।
गर्भवती र सुत्केरी अवस्थामा जटिल समस्या आउँदा तुरुन्त सुविधासम्पन्न अस्पतालमा पु¥याउन सामाजिक विकास मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा गएका परिवारजनको उद्धारको माग गर्दै अनसन
बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार, चार आरोपी पक्राउ
डुङ्गा दुर्घटनापछि समुद्रमा अलपत्र थप रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार
अपहरणमा परेका एक वर्षीय बालकको उद्धार
मनाङमा घर भत्किँदा एकको मृत्यु, सात जनाको सकुशल उद्धार
रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन