आमहड्तालको प्रभाव : नेतादेखि कार्यकर्ता सम्म सडकमा... बजार, कलकारखाना, शैक्षिक संस्था ठप्प (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १० : ०६
आमहड्तालको प्रभाव : नेतादेखि कार्यकर्ता सम्म सडकमा... बजार, कलकारखाना, शैक्षिक संस्था ठप्प (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको विरोधमा नेकपाको प्रचण्ड नेपाल पक्षले आज  आमहड्तालको घोषणा गरेको छ ।

आमहड्तालको प्रभाव देशभरि नै परेको छ । हड्तालको प्रभावका कारण शैक्षिक संस्था, कलकारखाना, उद्योग, व्यवसाय ठप्प बनेको छ । कार्यकर्ताहरु विभिन्न चोकचोकमा बसि प्रधानमन्त्री ओलीको प्रतिगामी कमद भन्दै चर्का नाराबाजी गर्दै आएका छन् ।

त्यस्तै यातायात पुरै ठप्प भएका कारण सडक सुनसान बनेको छ । कार्यकर्तासँगै केन्द्रिय नेताहरु समेत सडकमा निस्किएर विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा राजधानीका विभिन्न स्थानबाट ६ दर्जन बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

हेर्नुस तस्वीरमा बन्दको प्रभाव काठमाडौंसंगै चितवनमा कस्तो छ...

प्रतिक्रिया दिनुहोस