श्री ५ को सरकार... भनेपछि मन्त्री बने हाँसोकाे पात्र

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, २१ : २०
श्री ५ को सरकार... भनेपछि मन्त्री बने हाँसोकाे पात्र

file photo

काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले सुर्खेतमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । 

कतिपयले ओली सरकार प्रतिगमनतर्फ लागिरेको बेला सरकारका मन्त्रीले नै श्री ५ को सरकार भनिदिएपछि आलोचकलाई मसला बनेको छ । 

उनले सम्बोधनका क्रममा तत्काल आफ्नो गल्ती सच्याएपनि सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्याग्यात्मक रुपमा प्रयोगकर्ताहरुले भिडियो भाइरल बनाएका हुन् । 

थापाले भुलबस श्री ५ को सरकार भनेपछि मन्चमा समेत खासखुस चलेको थियो । यद्यपी उनले क्षमायाचनासहित आफ्नो भनाइ सच्याउँदै सम्बोधनका जारी राखेका थिए । 

‘सुर्खेतका आदरणीय जनसमुदायहरु ! नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरुलाई लालसलाम भन्न चाहन्छु...’ उनले सम्बोधनका क्रममा यस्तो भन्दै ‘सरी’ भनेर सच्याएका थिए ।
 

प्रतिक्रिया दिनुहोस