कालीबहादुर खामदेखि बालकृष्ण ढुंगेलसम्म ओलीतिर नजिकिए

पत्रपत्रिकाबाट

शुक्रबार, १६ माघ २०७७, ०७ : ३४
कालीबहादुर खामदेखि बालकृष्ण ढुंगेलसम्म ओलीतिर नजिकिए

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई एकाएक सम्झिए ।

सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक पटक भेट भइसकेको छ । आम पूर्वमाओवादीका लडाकूमात्र नभएर व्यापारी रामहरि श्रेष्ठको हत्यामा अदालतले दोषी किटान गरेका व्यक्ति पनि हुन् । 

यसैगरी रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपुजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । त्यतिबेला रातो पासपोर्ट काण्डमा मुछिएकै भएर निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदएको थियो । 

यसैगरी विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय सुनाएपछि फरार रहेका अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले माघ १३ गते फ्लमाला लगाएर स्वागत गरे ।  

यस्तै बबन सिंह पनि नेकपामा प्रवेश गरिसकेको कान्तिपुरमा खबर छ । उसो त ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल बसेर २०७५ मा सरकारबाट माफी पाएपछि जेलमुक्त भएका बालकृष्ण ढुंगेलपनि अहिले ओली समूहले गर्ने कार्यक्रममा झुल्किन्छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले रुपान्तरण हुन खोज्ने जोकोहीलाई आफूहरुले स्वागत गर्ने बताए । कान्तिपुरमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस