नारायणगढमा खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, १५ : ५१
नारायणगढमा खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण

चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले नारायणगढमा सडक छेउछाउमा बिक्री हुने खाद्यपदार्थको खाद्य स्वच्छता अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिएको छ । प्रशिक्षण तीन दिनसम्म चल्नेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भरतपुर चितवनले व्यवस्थापन गरेको कार्यक्रमलाई नारायणगढस्थित संयुक्त पाँच टोल विकास संस्थाले सहयोग गरेको छ । 

प्रशिक्षणमा नारायणी किनारमा ठेलामा खाद्यपदार्थ बेच्नेहरु २५ जना  सहभागी छन् । उनीहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले प्रशिक्षण दिएका छन् । तीन दिनसम्म चल्ने प्रशिक्षणमा १२ वटा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । 
    

प्रतिक्रिया दिनुहोस