प्रतिनिधसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासबाट नहुने

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, १७ : २३
प्रतिनिधसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासबाट नहुने

काठमाडौँ । प्रतिनिधसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासबाट नहुने भएको छ । सभा विघटन विरुद्ध परेको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासबाट हुनु पर्ने मागलाई संवैधानिक इजलासले अस्वीकार गरेपछि सुनुवाइ वृहत पूर्ण इजलासबाट नहुने भएको हो । 

१३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए । तर संवैधानिक इजलासले उक्त माग अस्वीकार गर्दै सोही इजलासले हेर्ने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

संसद विघट विरुद्ध सर्वोच्चमा परेको मुद्दामा माघ ४ गतेबाटै संवैधानिक इजलासबाटै निरन्तर सुनुवाइ हुने भएको छ । यो मुद्दाको निरन्तर सुनुवाइ हुने सर्वोच्चले आदेश दिएको छ । शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस