ह्विलचियरसंगै खाद्यान्न सहयोग

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, १२ : ४०
ह्विलचियरसंगै खाद्यान्न सहयोग

चितवन । मेरूदण्ड भाचिई अपाङ्ग भएका ४२ वर्षीय दुधराज थिङलाई ह्विलचियर सहयोग गरिएको छ । कालिका नगरपालिका वडा नं. ३ स्थित ९६ बिगाहा गाउँमा बस्दै आएका थिङलाई भरतपुर निवासी सुनिल कुमार क्षेत्रीले ह्विलचियर सहयोग गरेका हुन् ।

क्षेत्रीले आइतबार थिङको निवासमै पुगी ह्विलचियर, जाडोमा ओड्ने ब्ल्याङ्केट, चामल, नुन, तेल र नगद रू २ हजार पाँच सय पनि सहयोग गरेका थिए । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका थिङ १२ वर्षदेखि ओछ्यानमा थला परी बस्न बाध्य थिए । ह्विलचियर पाएपछि आफूलाई घरबाहिर निस्कन मद्दत पुगेको थिङले बताए ।

घरभित्रै बस्नुपर्ने अवस्था रहेकोमा अब घर बाहिर निस्किएर घाम ताप्न, बाहिरी वातावरण हेर्न पाइने भन्दै उनले खुसी व्यक्त गरे । २०६५ सालमा रुखबाट लडेर अपांग भएका उनी ह्विलचियरनहुँदा १२ वर्षदेखि ओछ्यानमा थला परी बस्न बाध्य थिए ।

ह्विलचियर सहयोगमा बाहिर हिँडडुल गर्न सहज भएको भन्दै थिङले धन्यवाद दिए । युवा व्यवसायी क्षेत्रीले यस अगाडि पनि कोरोना महामारीको समयमा विभिन्न स्थानमा पुगी खाद्यान्न सहयोग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस