बुलिङटार जेसिजको अध्यक्षमा श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, ११ : ५९
बुलिङटार जेसिजको अध्यक्षमा श्रेष्ठ

नवलपरासी । बुलिङटार जेसिजको अध्यक्षमा सन्दीपकुमार श्रेष्ठ चयन भएका छन् । 

नवलपुर जिल्ला सुस्तापूर्वको पहाडी भेग बुलिङटार गाउंँपालिकामा शनिबार आयोजित भेलाबाट सर्वसम्मतरुपमा श्रेष्ठ अध्यक्ष चयन भएका हुन् ।

भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको कार्यकारिणी उपाध्यक्षमा तेजमान श्रेष्ठ र भविलाल राना, कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिवमा सुवास देवकोटा, कोषाध्यक्षमा ऋषिराम गिरी चयन भएका छन् ।

उपाध्यक्षमा विमला वाग्ले पौडेल, लोकप्रसाद रामदाम, प्रदिप कँडेल र अर्जुन पुलामी रहेका छन् । सचिवमा बुद्धप्रसाद रानाभाट र सहकोषाध्यक्ष  त्रेता बस्ताकोटी चयन भएका छन् । 

गैंडाकोट जेसिजका पूर्वअध्यक्ष कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै  प्रमुख अतिथि गाउंँपालिका उपाध्यक्ष मैना विकले बुलिङ्गबार जेसिजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक,सामाजिक , सांस्कृतिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । 

प्रतिक्रिया दिनुहोस