५ सय १३ जना कोरोना संक्रमित डिस्चार्ज, थपिए २ सय ५९ जना

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, १६ : ३०
५ सय १३ जना कोरोना संक्रमित डिस्चार्ज, थपिए २ सय ५९ जना

काठमाडौँ । आइतबार ५ सय १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ पुगेको छ ।

हाल देशभर ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ३ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ९ र ललितपुरमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस