प्रधानमन्त्री ओलीलाई पठाइयो विरोध पत्र र संविधानको किताब

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, १६ : ५०
प्रधानमन्त्री ओलीलाई पठाइयो विरोध पत्र र संविधानको किताब

कावासोती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरका दाहाल–नेपाल समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र र संविधानको किताब पठाएको छ ।

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले शुक्रबार देशैभरी प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र र संविधानको पुस्तक पठाउने कार्यक्रम तय भए अनुसार पुर्वी नवलपरासीमा पनि कार्यक्रमको आयोजना गरिएको हो ।

नेकपा केन्द्रिय सदस्य किसन शर्मा गैरे, केन्द्रिय सदस्य रविन्द्र अधिकारी , संविधान सभा सदस्य कृष्ण पौडेल , नेकपा जिल्ला कमिटी सचिव मित्रशरण शर्मा बिहानी, नेकपाका नेताहरु धनप्रसाद सापकोटा , बालकृष्ण रानाभाट लगायतका नेताहरु सहितको टोलिले प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी मार्फत् प्रधानमन्त्रीलाई संसद विघटन गरिएको प्रति विरोध जनाउदै विरोध पत्र र संविधानको पुस्तक पठाएको हो । 

पौष २६ गते नवलपुरका सबै जनवर्गीय संगठनहरूको भेला चोरमारामा हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस