वीरगञ्ज । वीरगञ्जमा लागुऔसध चरेससहित एकजना पक्राउ परेका छन् । कन्टेनरमा राखेर लैजानेक्रममा मकवानपुरको पालुङ नगरपालिका–११ घर भएका चालक रबिन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–१९ स्थित परवानीपुरबाट प्रहरीले १ सय १४ किलो चरेश बरामद गरेको थियो । मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट चरेश बरामद गरिएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए ।
प्रदेश–२ प्रहरी कार्यालय र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको टोलीले सो चरेश बरामद गरेको हो । कन्टेनरमा फल्स बटम बनाएर कारोबारीले सो चरेश मकवानपुरबाट वीरगञ्ज लगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ पुस २०७७, १२ : ५०
लेखकबाट थप