ओलीनिकट मन्त्री बोहराले दिए राजीनामा

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, १६ : ०५
ओलीनिकट मन्त्री बोहराले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । 

 प्रधानमन्त्री केपी शर्मा ओली पक्षका बोहराले बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको जानकारी दिएका हुन् । 

मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले आर्थिक मामला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएको पुष्टि गरे ।

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व  यो प्रदेशमा रहेको छ । यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस