देशमा गृहमन्त्री भएको अनुभूति भएन : सुवास नेम्वाङ

आइतबार, १० मंसिर २०७४, १५ : ३५
देशमा गृहमन्त्री भएको अनुभूति भएन  :  सुवास नेम्वाङ

काँकडभिट्टा । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले निर्वाचनको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद पनि लिएर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाउनुभएको छ ।

 झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वसभामुख नेम्वाङले उम्मेदवारमाथिको हमलाले मुलुकमा गृहमन्त्री भएको अनुभूति नभएको बताउनुभयो ।  

उम्मेदवारको घरमा बम हान्ने र  मतदातालाई त्रसित बनाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नेता नेम्वाङले सरकार चुनावलाई मर्यादित बनाउने भन्दा पनि भ्रमको खेती गर्न व्यस्त भएको दोषारोपण गर्नुभयो ।  नेता नेम्वाङले वामपन्थीको सरकार निर्माण गरेर स्थिर सरकारमार्फत मुलुकको विकास गरिने जिकिर पनि गर्नुभयो ।  
 

 

प्रतिक्रिया दिनुहोस