पाकिस्तानमा विस्फोटमा परी नौको मृत्यु

एजेन्सी

शुक्रबार, ०२ चैत्र २०७४, १० : ०७
पाकिस्तानमा विस्फोटमा परी नौको मृत्यु

इस्लामाबाद । पाकिस्तानको पूर्वीसहर लाहोरमा रहेको एक प्रहरीचौकीमा भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

प्रहरी अधिकारीले बिहीबार सो जानकारी दिएका छन् । यस आक्रमणमा परी पाँच प्रहरी अधिकारी र चार सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रहरी उच्च अधिकारी हैदर असरफले बुधबार भएको यस विस्फोटमा परी मारिने व्यक्तिको संख्या नौ पुगेको बताउनुभएको छ ।

पाकिस्तानको पूर्वीप्रान्त पञ्जावको प्रान्तीय राजधानी लाहोरको बाहिरी इलाकामा पर्ने रैविन्द सहरमा अवस्थित एक प्रहरी चौकीमा रहेका प्रहरीलाई लक्ष्यगर्दै विस्फोटक पदार्थ जडित भेस्ट लगाएका एक व्यक्तिले आत्मघाती आक्रमण गराएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यस आक्रमणको पाकिस्तानी तालिबानले जिम्मा लिएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस