जिल्ला अदालतको फैसला उल्टाउदैं उच्च अदालतद्धारा लक्ष्मण थारुलाई जन्मकैद, मुख्य आरोपी चौधरीलाई पनि जन्म कैद

बाबुराम भट्टराई भन्छन् : थारूविद्रोहमा लागेकाहरुलाई अपराधी करण गर्नु खेदजनक

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, ०९ : ०१
जिल्ला अदालतको फैसला उल्टाउदैं उच्च अदालतद्धारा लक्ष्मण थारुलाई जन्मकैद, मुख्य आरोपी चौधरीलाई पनि जन्म कैद

काठमाडौं । जिल्ला अदालत कैलालीको फैसला उल्टाउदैं उच्च अदालत दिपायलले टिकापुर घटनामा संलग्न भनिएका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालतले यस अघि थारुलाई ३ वर्षको कैद सयाज सुनाएका थिए । उनले सो सजाय भुक्तानी पनि गरिसकेका छन् । उच्च अदालतले जन्मकैदसंगै ५ वर्ष कैद पनि सुनाएको  । 

उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी भनिएका रेशमलाल चौधरीको हकमा भने यसअघि जन्मकैद हुनेगरी सुनाएको फैसलालाई नै सदर गरेको छ । बिहीबार अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको  संयुक्त इजलासले चौधरीलाई जन्मकैदका साथै ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सुनाइएको हो । 

जन्मकैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला सदर हुनेमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत रहेका छन् । यसैगरी अर्का प्रतिवादी संगम भन्ने सन्तोष चौधरी, दील बहादुर चौधरीविरुद्धको मुद्धामा यसअघिको फैसला नमिलेको भन्दै केही उल्टिएको छ । उनीहरुलाई जनही १० वर्ष कैद सजाय हुने ठहर गरिएको छ ।

२०७२ भदौ ७ मा टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो प्रकरणमा ०७५ फाुगन २२ गते जिल्ला अदालतले गरेको फैसला उच्च अदालतमा पुगेको हो ।

थारूविद्रोहमा लागेकाहरु अपराधी करण गर्नु खेदजनक : बाबुराम भट्टराई

जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला थारूविद्रोहमा लागेकाहरु अपराधी करण गर्नु खेदजनक रहेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेख्दै भनेका छन्–‘सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनस् दोषी ठहर गर्नु अत्यन्त दुस्खद छ ।’ उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाइॅ एकदिन अवश्य विजयी हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस