काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटलाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।
प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएक हुन् ।
कुनैपनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिबाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको पनि उनले बताए । यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताए ।
ट्राफिक कारबाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइन बाटै लिने व्यवस्था मिलाइएको पनि बताए । अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०७७, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टाँगाले वीरगञ्ज सहरको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै