विश्व हिन्दू परिषद नेपालद्वारा गुरु नानक जयन्ती सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १० : ४३
विश्व हिन्दू परिषद नेपालद्वारा गुरु नानक जयन्ती सम्पन्न

काठमाडौं ।  विश्व हिन्दू परिषद नेपालको आयोजनामा गुरु नानकको ५५१ औं जयंती मनाइएको छ । सोमबार सप्तरी लगायतका विभिन्न जिल्लाहरुमा परिषदका स्थानीय कार्यकर्ताहरुले  कार्यक्रम आयोजना गरेका थिए ।

विश्व हिन्दू परिषद नेपालले प्रत्येक वर्ष गुरु नानक  जयन्तीको अवसरमा देशभर कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाउने गर्छ । ओमकार परिवार भित्र कै सिख धर्म पनि भएको हुनाले परिषदले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्ती मनाउने गर्छन ।

कार्यक्रममा परिषदका वक्ताहरुले गुरु नानकको जीवनी एवं समाजमा उनले पु¥याएका योगदानबारे प्रकाश पारेका थिए । 

विश्व हिन्दू परिषद नेपालले ओमकार परिवार भित्रका बौद्ध, सिख, जैन, किरात आदि पन्थका कार्यक्रमहरु बडो हर्षोल्लासका साथ मनाउने गर्दछन । यस किसिमको कार्यक्रमहरुले सनातन धर्मावलम्बीहरुलाई एकताको सुत्रमा बाध्ने विश्व हिन्दू परिषद नेपालको विश्वास रहेको,परिषदका एक अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस