कोरोना संक्रमितको निशुल्क उपचारको माग गर्दै जनमोर्चाको प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १२ : ५४
कोरोना संक्रमितको निशुल्क उपचारको माग गर्दै जनमोर्चाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले कोरोना संक्रमितको निशुल्क उपचारको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ । सोमबार पार्टीले गरेको प्रदर्शनमा प्रदर्शनकारीले कोरोना संक्रमितको निशुल्क उपचारको माग संगै संघीयताको खारेजी, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको समेत माग गरेका थिए ।

उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ । 
जनमोर्चाले डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, रोल्पा, प्यूठान, गुल्मी, बाँके, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, परासी, नवलपुर, चितवन, पोखरा, बाग्लुङ, काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको हो ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा, महिला, वकिल, किसान, मजदुर, कलाकार, पत्रकार, बुद्धिजीवी, दलित, जनजाति, तराइ मधेस संगठन र आम जनतालाई धन्यवाद व्यक्त गरेकी छन् ।

त्यस्तै उनले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र जनजीविकाको पक्षमा सचेत रहन र सबै कार्यक्रममा ऐक्यबद्ध हुन आम जनतामा अपील पनि गरेकी छन् । कार्यक्रमहरुमा मोटरसाइकल याली, जुलुस प्रशर्दन तथा सभाहरु सम्पन्न भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस