कृर्षि क्षेत्रका समस्या कम गर्न कृषक र उपभोक्ताबीचको दूरी कम हुनुपर्छ : मन्त्री भुसाल

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १३ : ५६
कृर्षि क्षेत्रका समस्या कम गर्न कृषक र उपभोक्ताबीचको दूरी कम हुनुपर्छ : मन्त्री भुसाल

चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृर्षि क्षेत्रका समस्या कम गर्नका लागि कृषक  र उपभोक्ताबीचको दूरी कम हुनुपर्ने बताएका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै भुसालले कृषकका गुनासालार्ई न्युनिकरण गर्न कृषक र उपभोक्ताबीचको दूरी घटाउनुपर्छ भन्दै यसको लागि सरकारले काम गरिरहेको जानकारी दिए।

उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै उनले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए । 

फरक प्रसङ्गमा कृषिमन्त्री भुषालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए । उनले भने, “कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्छ ।”

उनले पार्टीभित्रको विवादलाई विधिभित्र राखेर समाधान गर्ने जानकारी दिए । पार्टी दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी रहेको उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस