आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, ०८ : ४१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम सामान्यतया सफा रहने  जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेकाले देशभर शुक्रबार रातिदेखि नै मौसम सफा भएको मौसमविदले जानकारी दिएका छन् ।

मौसमविदका अनुसार ‘देशभरको मौसम सफा भएकाले दुई–चार दिनलाई नपर्ने भएकाले देशभरको मौसम सफा रहन्छ । जाडो बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउनु पर्ने मौसमविदको भनाई छ । जाडोको मौसम भएकाले  पहाडी तथा हिमाली क्षेत्रमा तापक्रम घट्दै जानेछ ।

तराई तथा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान कुहिरो लाग्ने भएपनि दिउँसो हटेर जान्छ । विगतका दुई दिन पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको थियो र केही स्थानमा हल्का पानी पनि परेको थियो ।

प्रतिक्रिया दिनुहोस