नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु, थपिए १७०३ जना संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०७७, १६ : २९
नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु, थपिए १७०३ जना संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट गत २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । 

गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु एक हजार दुई सय ३६ जना छन् । सक्रिय संक्रमितको संख्या १७ हजार दुई सय ३७ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेहरु कुल दुई लाख नौ हजार चार सय ३५ जना छन् । कोरोनाबाट नेपालमा हालसम्म एक हजार चार सय ३५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस