बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बनिन् बीबीसीको १०० प्रभावशाली महिला

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, १२ : ५९
बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बनिन् बीबीसीको १०० प्रभावशाली महिला

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १९ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।

बीबीसीले प्रत्येक वर्ष बीबीसी १०० महिला कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित तथा प्रसारित गर्छ । यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ ।

यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी हुन् । उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस