काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अघ्र्र्य दिएपछि छठ समापन हुने गर्दछ । उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौँको संख्यामा सहभागि भक्तजनहरुले अस्पताउदो सूर्यलाई अघ्र्य दिएका छन् ।
यो वर्ष कोरोना भाइरस (कोभिड—१९) का कारण ठूलो संख्यामा मान्छेहरु भेला नहुन सरकारले आग्रह गरेको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन नदी किनारमा जाने गर्छन् ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोली उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०७७, १८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै
घडीअर्वा पोखरीमा छठको तयारी थालियो
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न