ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिकामा

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, २० : २१
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिकामा

बझाङ । ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस