पार्टीको विवादमा राष्ट्रपति एकतर्फी सक्रिय हुनु मर्यादा उल्लंघन : नेता भीम रावल

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०७७, ११ : २३
पार्टीको  विवादमा राष्ट्रपति एकतर्फी सक्रिय हुनु मर्यादा उल्लंघन : नेता भीम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले  राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी विवादमा खेलेको भूमिकाको आलोचना गरेका छन् ।

नेता रावलले सामाजिक संजालमा ट्वीट गर्दै नेता रावलले‘ नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने’ उल्लेख गरेका छन् । 

हालै राष्ट्रपति भण्डारीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन् ।

ट्वीट गर्दै उनले अगाडी भनेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’