राष्ट्रपतिबाट भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, १६ : ५७
राष्ट्रपतिबाट भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालयमा  आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ । अन्य कुनै मुलुकमा नभएको एक विशिष्ट परम्परा जुन दुवै देशले अनुुसरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस