नेपालमा एकैदिन १८ जना संक्रमितको मत्यु, ३ हजार ५१ जना संक्रमित हुँदा ३ हजार ४३० जना निको

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, १६ : ४२
नेपालमा एकैदिन १८ जना संक्रमितको मत्यु, ३ हजार ५१ जना संक्रमित हुँदा ३ हजार ४३० जना निको

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । नेपालमा हाल ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ५२ पुगेको छ ।