काठमाडौं उपत्यकामा १ हजार ८७८ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, १६ : ५१
काठमाडौं उपत्यकामा १ हजार ८७८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार काठमाडौँका १५७०, भक्तपुरका ११९ तथा ललितपुरका १८९ जनामा कोरोना संक्रमण देखिएको हो ।