नेपालमा एकैदिन ३० जना संक्रमितको मत्यु, ३ हजार ३०९ जना संक्रमित हुँदा ३ हजार ८४४ जना निको

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, १६ : ४६
नेपालमा एकैदिन ३० जना संक्रमितको मत्यु, ३ हजार ३०९ जना संक्रमित हुँदा ३ हजार ८४४ जना निको

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । नेपालमा हाल ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ३४ पुगेको छ ।