पार्टी विभाजनबारे राष्ट्रपतिको चासो, अचानक वामदेव पुगे शीतलनिवास

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १९ : ०६
पार्टी विभाजनबारे राष्ट्रपतिको चासो,  अचानक वामदेव पुगे शीतलनिवास

काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमबीच शितलनिावसमा भेटवार्ता भएको छ । 

मंगलबार अपरान्ह शितलनिवासबाट वामदेवलाई बोलाएपछि गौतम राष्ट्पति भेट्न शितलनिवास पुगेका थिए । शितलनिवासमा गौतम र राष्ट्पति भण्डारीबीच आधा घण्टा कुराकानी भएको गौतमका सहयोगी विष्वमणी सुवेदीले पुष्टि गरे ।

गौतम निकट स्रोतका अनुसार भेटमा राष्ट्पति भण्डारीले नेकपामा आएको विवादका बारेमा चासो राखेकी थिइन् । त्यसक्रममा उनले गौतमलाई पार्टी एकता भंग हुन लागेको भन्दै समन्वयकारी भुमिका खेल्न र पार्टी एकता जोगाउन आग्रह गरेकी थिइन् । ‘तपाईले विगतमा पनि पार्टी अप्ठ्यारोमा परेका बेला महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । अहिले पनि अवस्था जटिल छ’, राष्ट्पति भण्डारीले गौतमसँग गरेको सम्वादलाई उधृत गर्दै स्रोतले भन्यो, ‘यो पटक पनि तपाइृको भुमिका आवश्यक छ । त्यसका लागि तपाईले भुमिका निर्वाह गर्नुपर्यो ।’

जवाफमा गौतमले आफु जहिल्यै पार्टी एकताको पक्षमा रहेको भन्दै आफुले निर्वाह गर्ने भुमिका गर्न तयार रहेको बताएका थिए । ‘म सँधै एकताकै पक्षमा हो । अहिले पनि एकता टुट्नु हुदैन भन्दै आएको छु ’गौतमले राष्ट्पतिलाई आश्वस्त पारेका थिए । 

पछिल्लो केही दिनयता नेकपाभित्र अन्तरविरोध चर्किएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठकका निर्णय नमानेको भन्दै इतरपक्षबाट असन्तुष्टि जनाइरहेका बेला गत शनिबार ओलीले बरु पार्टी अलग गरौ भन्ने प्रस्ताव अघि सारेका थिए । ओलीको यस्तो प्रस्ताव सार्वजनिक भएपछि ओली आफै पार्टी विभाजन गर्न लागेको आशंका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गर्दै आएका छन् । प्रचण्डसँगको सम्वादमा ओलीले बैठक नराख्ने र पार्टी निर्णय पनि नमान्ने चेतावनी दिएपछि विवाद चर्कन पुगेको थियो । 

यही विवादका कारण पछिल्लो समय ओली र प्रचण्डबीच भेटवार्ता समेत हुन छाडेको छ । यही क्रममा विभिन्न तहका नेताहरु पार्टी विभाजन रोक्न लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस