दस दिनपछि खतिवडासहित प्रस्तावित तीन राजदूतको सुनुवाई

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०७७, १४ : २३
दस दिनपछि खतिवडासहित प्रस्तावित तीन राजदूतको सुनुवाई

काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ । 

प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाई तोकिएको हो । अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी छ । 

प्रस्तावित राजदूतहरु विरुद्ध समितिमा चारवटा उजुरी परेका छन । तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो । यसअघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो । उजुरीकर्ताहरु नआएपछि संसदीय सुनुवाई समिति सभापति लक्षमणलाल कर्णले २७ गतेका लागि अर्को सुनुवाईको मिति तोकेका हुन् ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस