काठमाडौं उपत्यकामा १३५७ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०७७, १६ : २८
काठमाडौं उपत्यकामा १३५७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार काठमाडौँका १ हजार १ सय १३, भक्तपुरका ४९ तथा ललितपुरका  १ सय ९५ जनामा कोरोना संक्रमण देखिएको हो ।