नेपालमा आज २५०८ जना कोरोना संक्रमित थपिए, २२६४ जना निको, १७ जनाले ज्यान गुमाए

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०७७, १६ : २१
नेपालमा आज २५०८ जना कोरोना संक्रमित थपिए, २२६४ जना निको, १७ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार २६४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । नेपालमा हाल ३८ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९३७ पुगेको छ ।