नेपालमा आज ३५१७ जना कोरोना संक्रमित थपिए, ४०९६ जना निको भए, १६ जनाले ज्यान गुमाए

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०७७, १६ : २०
नेपालमा आज ३५१७ जना कोरोना संक्रमित थपिए, ४०९६ जना निको भए, १६ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ५१७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

यस्तै २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । नेपालमा हाल ३८ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९२० पुगेको छ ।