बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना

सफल खबर संवाददाता

बुधबार, १२ कार्तिक २०७७, १४ : ०६
बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना

मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

उनले मङ्गलबार पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । उनका छोरा राजेशलाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

हाल दुबै जना घरकै आइसोलेसनमा बसेका छन् । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रसाईले बताए ।