धनुषा । जनकपुरधाम ७ भमरपुरा चौकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छन् । सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो ।
सशस्त्र सीमा सुरक्षा बल गण नम्बर ८ जनकपुर हेडक्वाटरबाट प्रहरी निरिक्षक शम्भु कटुवालको नेतृत्वमा खटि गएको प्रहरी टोलीले १५ लाख मूल्य बराबरको गाडी सहित सो सुन बरामद गरिएको प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।
प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बला नगरपालिका ७ निवासी ३४ वर्षीय रामचन्द्र दासलाई समेत पक्राउ गरेको उनले बताए । पक्राउ परेका दास र ३१ लाख २३ हजार ८ सय रुपैया बराबरको गाडी र सुन सहित आवश्यक कारवाहीका लागि आइतवार भन्सार कार्यालयमा बुझाइ सकिएको प्रहरी निरिक्षक कटुवालले बताए ।
दुवै बालिकाको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ कार्तिक २०७७, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद
नागढुंगाबाट दुई किलो सुन बरामद