पर्सा । पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०७७, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद
नागढुंगाबाट दुई किलो सुन बरामद