काठमाडौँ । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
त्रियानब्बे वर्षीय कोइरालाको आज ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।
‘महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको दुःखद निधन भएकाप्रति महासङ्घ स्तब्ध भएको छ, दुःखको यस घडीमा पूर्वअध्यक्ष गाउँले र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
स्व कोइरालाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ असोज २०७७, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय