काठमाडौं उपत्यकामा १४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १६ : ३८
काठमाडौं उपत्यकामा १४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका १ हजार १ सय १६, ललितपुरका १६३ , तथा भक्तपुरका १३० जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस