सरकारका मुख्यसचिवमा शंकर दास बैरागी नियुक्त

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, ११ : ४४
सरकारका मुख्यसचिवमा शंकर दास बैरागी नियुक्त

काठमाडौं । सरकारका मुख्यसचिवमा शंकर दास बैरागी नियुक्त भएका छन् ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ मुख्य सचिवमा बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी परराष्ट्र सचिव थिए ।

यसअघि मुख्यसचिव रहेका लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका थिए । आज बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका थिए । बैठकले लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरेको छ । आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि बैरागीलाई नियुक्त गरिएको हो । 

सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट एक जना मुख्य सचिव बन्ने संभावना थियो ।

प्रतिक्रिया दिनुहोस