सिरियामा खसेको रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु

विहीबार, २४ फागुन २०७४, ०९ : ३८
सिरियामा खसेको रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु

दमासकस । सिरियामा दुर्घटनामा परेको एक रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु भएको बताइएको छ । रुसले आफ्नो एउटा सैनिक विमान सिरियामा दुर्घटनाग्रस्त भएको जनाएको थियो । उक्त विमानमा सवार सबै ३२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

मङ्गलबार सो विमान रुसी सेनाले सिरियामा प्रयोग गर्दै आएको एक सैन्य शिविर नजिकै दुर्घटना भएको हो । सिरियाको राजधानी दमासकसबाट सो क्षेत्र नजिकै रहेको छ ।

सो विमान अवतरण गर्न लाग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबारे छानबिन हुने रुसी सेनाले जानकारी दिएको छ । रुसी रक्षा मन्त्रालयले प्राविधिक त्रुटीका कारण सो दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस